अफगानिस्तानमाथि नेपालको शानदार जित

Cricket Chautari News · 26 September 2026 · 1:42

एसियन गेम्स प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै शानदार जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। कप्तान रोहित पौडेलले ३३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए। यस्तै, दीपेन्द्र सिंह ऐरीले १५ रनको योगदान दिए। अफगानिस्तानले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवातमा केही विकेट गुमाए पनि मध्यक्रमका ब्याटरहरूले संयमित प्रदर्शन गर्दै टोलीलाई सहज जित दिलाए। यो जितसँगै नेपाली टोलीले प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन प्रस्तुत गरेको छ। #cricket #crickethighlights #asiangames2026

Watch on YouTube

More from Cricket Chautari News